सुगुंर पालनबाट मासिक २ लाख रूपैयाँ आर्जन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुगुंर पालनबाट मासिक २ लाख रूपैयाँ आर्जन

मोरङ, १९ असोज । स्वदेशमा रोजगारी पाइएन भन्दै पुर्पुरोमा हात हाल्दै हुनुहुन्छ ? चिन्ता नलिनुस् कर्म गर्ने हो भने मुलुकमै जताततै रोजगारको सम्भावना छ । त्यो पनि विदेशमा गएर कमाउनेहरूको भन्दा राम्रो आम्दानी । बेलबारी –८ का कुईटो लिम्बुले स्वदेशमै सुगुंर पालनबाट मासिक रूपमा २ लाख रूपैयाँ आर्जन गर्दै आउनु भएको छ ।

सुरुमा लिम्बु सिगापुर पुलिसमा जागीर खानका लागि २ बर्ष सम्म धरानमा तालिम लिनु भएको हो । दुईपटक सम्म सिगापुरे लाहुरे हुने प्रयास गर्दा विफल भएपछि स्वदेशमै केहि गर्छु भन्ने सोंच बनाउनु भयो । आफनै माटोमा पौरख गर्ने योजना बनाए र सुँगुर पालन व्यबसाय सुरू गरे पछि राम्रो आम्दानी भएको छ । अहिले सुंगुर फार्मले मासिक २ लाख रूपैयाँ आम्दानी दिइरहेको छ । फार्ममा ३ वटा भाले सुंगुर छन भने ३२ वटा पोथी सुँगुंर राखिएका छन् ।

एक पटकमा एउटा माउले १५ वटा सम्म बच्चा जन्माउँछन् । एउटा बच्चाको ६ हजार ५ सय देखी ७ हजार सम्म बिक्रि हुने गरेको छ ।
लिम्वुले पालेका सुँगुरले वार्षिक रूपमा साढे चार सयवटा बच्चा उत्पादन हुने गरेको छ । ३ बर्ष अघि ९ लाख रूपैयाँ लगानीबाट सुरू गरेको व्यवसाय अहिले करोडका हाराहारीमा रहेको छ ।

लिम्बुको दिन चर्या हिजो–आज बंगुर रेखदेखमै बित्ने गरेको छ । अहिले लिम्बुको खोरमा १ सय देखी ४ सय किलो सम्मका वजनका सुँगुरहरू रहेका छन् । मेहेनत गर्न सके स्वदेशमै राम्रो कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण लिम्बु बन्नु भएको छ । थोरैमात्र मेहेनत गर्ने हो भने आम्दानीका लागि विदेश होइन नेपालमै अथाह सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);