क्यासलेस बैङकिङ सेवा दिन कृषि विकास बैँकको क्युआर कोड सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

क्यासलेस बैङकिङ सेवा दिन कृषि विकास बैँकको क्युआर कोड सुरु

धनुषा, १९ असोज । कोरोना महामारीको समयमा आफ्ना ग्राहकलाई क्यासलेस बैङकिङ सेवा दिन कृषि विकास बैँकले क्युआर कोड सुरु गरेको छ । धनुषाको केहि शाखामा मात्र संचालनमा रहेको यो सेवा जिल्लाको नगराईन शाखामा पनि सुरु भएको हो । कोडको प्रयोगले अब व्यापारीहरुले व्यवसायका क्रममा क्यासलेस कारोबार गर्न मदत मिल्नुका साथै सुरक्षाको दृष्टिकोणले पनि सजिलो भएको छ ।

कोरोना महामारीको समयमा नगदको लेनदेन जोखिम भएकाले अहिलेको अवस्थामा क्युआर कोडले क्यासलेस कारोबारमा सहयोग पुग्ने बताईएको छ । कुनै पनि बँैकको मोवाईल बैँकिङ सेवा लिएर नगद विहिन कारोबार गर्न सकिने बैँकले जनाएको छ । व्यपारीले आफ्ना पसलमा आउने ग्रहकसंग पनि मोवाईल एप्सको माध्यमले क्यासलेल कारोबार गर्न सक्ने छन् ।

यस्तै बैँकले किसान कार्ड पनि वितरण गर्ने जनाएको छ । सो कार्डको एप्सबाट किसानले बैँकमा नआए पनि मलविउ खरिदकालागि सो कार्ड प्रयोग गर्न सक्ने छन् । साना किसानहरुलाई समुहमा दर्ता गराएर एकलाख सम्मको ऋण सहुलियत दिन सकिने बताईएको छ । काम गर्ने किसानलाई ४ प्रतिशतको व्याजदरमा कृषि सम्बन्धी काम गर्न ऋण प्रवाह समेत गर्ने बैँकले जनाएको छ । बैँकले क्युआर कोड लागु गरेपछि व्यापारीहरुलाई पहिलाको तुलनामा र अन्य बैँकको तुलनामा सहज भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);