पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौं, १४ फागुन । विश्वमा हरेक दिन विकास भईरहेका नयाँ प्रविधिले मानिसहरुको दैनिकीमा परिवर्तन ल्याइरहेको छ । पछिल्लो समय भुक्तानीकालागि डिजिटल प्रणालीले मानिसहरुलाई रकमको कारोबार गर्न पैसा बोक्नु पर्ने झन्झटबाट मुक्त गरेको छ ।

चेक सिस्टम हुँदै हाल आएर विभिन्न एपहरुमार्फत पैसा लेनदेन हुनुका साथै डेविट तथा क्रेडिट कार्डहरुले पनि सहज बनाएको छ । खानका लागि होस् या अन्य कुनै प्रयोजनाका लागि क्युुआर कोडबाट भुक्तानी पछिल्लो समय लोकप्रिय माध्यम बनेको छ । यति हुँदा हुँदै पनि कुनै मन्दिरमा भेटी चढाउन समेत क्युआर कोड प्रयोग हुने भन्दा तपाईलाई कस्तो लाग्ला ?

अवश्य पनि जति नै डिजिटल भुक्तानी गर्दै आएको भएपनि मन्दिरमा चढाउने भेटी पनि डिजिटल हुने भनेपछि अचम्म लाग्दो हो । तर यो सही हो , त्यो पनि अन्य मन्दिरमा नभई पशुपतिनाथको मन्दिरमा ।

पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने भएको हो ।

यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ, जसका माध्यमबाट अनलाइनबाट पशुपति क्षेत्र विकास कोषको बैंकको खातामा भेटी रकम जाने छ । यो प्रणालीको प्रयोगले मन्दिरको भेटी रकम पारदर्शी हुने विश्वास लिइएको छ ।

शुक्रबार पशुपति क्षेत्र विकास कोष र बैंक अफ काठमाडौं लिमिटेडको सहकार्यमा मन्दिर परिशर ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी सम्झौता भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);