नयाँ वर्षमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुका लागि विशेष व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नयाँ वर्षमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुका लागि विशेष व्यवस्था

काठमाडाैं, १ वैशाख । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ ।

नयाँ वर्षमा पशुपति दर्शनका लागि दर्शनार्थीहरुको बाक्लो भिड लाग्ने हुँदा दर्शनार्थीहरुका लागि विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ भने पश्चिम मूल ढोकाबाट दर्शन गर्न चाहने भक्तजनका लागि प्रवेश खुल्ला गरिएकोे छ ।

पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड हुने गरेका कारण दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाएको विकास कोषले बताएको छ ।

काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार बाग्मती नदीको उद्गमस्थल, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला पनि मनाइँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);