आज नयाँ वर्षकाे दिन, एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

आज नयाँ वर्षकाे दिन, एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै

काठमाडाैं, १ वैशाख । आज २०७८ साल बैशाख १ गते अर्थात नयाँ बर्ष । एक आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

बिहानदेखि स्नान गरि, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथिभाई तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँने गर्दछन् ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्ने गर्दछन् । यसैबीच नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन् ।

नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा एक मत कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकाे छ ।

वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको उहाँको भनाई छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व राजा ज्ञानेन्द्र शाह, राप्रपा अध्यक्ष कमल थापा लगाएतका शीर्ष नेता र विशिष्ठ व्यक्तिहरुले शुभकामना व्यक्त गरेकाे छ ।

Leave a Reply

ताजा समाचार