अंग्रजी नयाँ वर्षमा घुइँचो लाग्ने उपत्यकाका विभिन्न क्षेत्र नेपाली नयाँ वर्षका दिन सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अंग्रजी नयाँ वर्षमा घुइँचो लाग्ने उपत्यकाका विभिन्न क्षेत्र नेपाली नयाँ वर्षका दिन सुनसान

new year-2075

फूलमाया आले,
काठमाडौं, १ बैशाख । नयाँ वर्ष २०७५ साल सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन आज देशभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइयो । तर, अंग्रेजी नयाँ बर्षका दिन ठूलो उल्लास हुने काठमाडौंको ठमेल क्षेत्र नेपाली नयाँ बर्षका दिन भने सुनसान देखियो ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान र दान गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । नयाँ वर्षको पहिलो दिन काठमाडौंको वाग्द्वार, सपनतीर्थ र चम्पादेवीमा विशेष मेला लाग्ने गर्छ । पछिल्लो समय भने युवायुवतीमा नेपाली नयाँबर्ष भन्दा अंग्रजी नयाँ वर्ष प्यारो लाग्न थालेको छ । तर, यस बर्ष भने नेपाली नयाँ बर्षलाई पनि भव्यताकासाथ स्वगत गरियो । विगतको बर्षको तुलनामा यस बर्ष नयाँ बर्षको पूर्वसन्ध्यामा ठमेल र दरबारमार्ग क्षेत्रको दृश्य फरक देखियो । त्यस क्षेत्रमा आयोजित सांगितिक कार्यक्रममा नेपालीसँगै विदेशी पनि झुमे ।

पूरानो र मौलिक विक्रम संवत् अहिले पश्चिममा संस्कृतिको अतिक्रमणमा परेको छ । ठमेलमा नै व्यवसाय गर्दै आएका एक व्यवसायी जसरी क्रिसमस, अंग्रेजी नयाँ वर्ष जस्ता पर्वहरु धुमधामका साथ मनाइन्छ त्यसको तुलनामा नेपाली नयाँ वर्षमा धेरै नै सुनसान हुने बताउँछन् । शनिबार नयाँ वर्षको दिनमा ठमेल क्षेत्र लगभग सुनसान जस्तै देखिन्थ्यो । तर, ठमेलका केही व्यवसायीले भने नेपालीहरुले अंग्रेजी र नेपाली दुवै नयाँ वर्षलाई समान रुपमा मनाउने गरेको दाबी गर्छन । पश्चिमा संस्कृतिलाई पनि श्रद्धा गरौँ । तर, आफ्नो इतिहास, मुल्य मान्यता र गौरवको सम्मान गरेमा मात्र हामी सभ्य र सम्मानित हुनेछौँ । विक्रम संवत् हामी नेपालीमात्रको संस्कृति हो । यसको संरक्षण गरी नेपाली पहिचानलाई उच्च राख्न सबैले पहल गरौं ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);