बाराको ग्रामिण क्षेत्रमा बालविवाह गर्ने क्रम अझै रोकिएन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बाराको ग्रामिण क्षेत्रमा बालविवाह गर्ने क्रम अझै रोकिएन

balbibaha

श्याम गुप्ता,
बारा, १ बैशाख । तराईका जिल्लामा बालविवाह गर्ने क्रम अझै रोकिएको छैन् । कानुन अनुसार विवाहका लागि २० बर्ष उमेर पुगेको हुनुपर्ने भए पनि तराई क्षेत्रमा व्याप्त दाइजोप्रथा, गरीबी, अशिक्षा जस्ता कारण अभिभावकले सानै उमेरमा छोरीको विवाह गरिदिने गरेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० की १४ वर्षीय साजरा खातुनको तीन हप्ता अघि पर्साका २७ वर्षीय अब्दुल्लाह अन्सारीसँग मुस्लिम परम्परा अनुसार विवाह भयो । आधारतभूत तहसम्म मात्र अध्ययन गरेकी खातुनलाई अभिभावकले सानै उमेरमा श्रीमानको घर पठाए । छोरी भन्दा दुई गुणा जेठो केटासँग विवाह गराइदिएका खातुनका बुवा मख्तर अन्सारी २० बर्ष पछि विवाह गर्दा दाइजो रकमसँगै पाँच लाख बढी खर्च हुने भएकोले सानै उमेरमा विवाह गराइदिएको बताउछन् ।

खातुन प्रतिनिधिपात्र मात्र हुन । तराई क्षेत्रमा दाइजो प्रथा, गरिबी, अशिक्षा लगायतका कारण सानै उमेरमा छोरीको विवाह गर्ने प्रचलन छ । वालविवाह विरुद्धको अभियान पनि शहरकेन्द्रीत हुँदा ग्रामिण क्षेत्रका अधिकांशलाई २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु अपराध हो भन्ने अझै थाहा छैन । त्यसो त स्थानीय प्रशासनले पनि यस्ता घटना रोक्न पहल नगरेको महिला अधिकारकर्मीहरुको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका महिला तथा बालबालिका सेवा केन्द्रमा आउने महिला हिंसाको घटना मध्ये अधिकांश बालविवाहको कारण नै हुने गरेको देखिएको छ । महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी तथा स्थानीय तह अन्तर्गत रहेका निकायहरु भने वालविवाह रोक्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको दाबी गर्छन । तर, गरीबी, अशिक्षा र सामाजिक परम्पराका कारण बालविवाहक घटना रोक्न कठिन भएको प्रहरीको भनाइ छ ।

वालविवाह गर्ने र गराउने दुवैलाई कैद तथा जरिवाना सजाय हुने कानुनी व्यवस्था भए पनि कार्यान्वयनको पक्ष भने फितलो रहेको छ । २०६८ सालको जनगणना अनुसार बारामा ८५ प्रतिशत भन्दा बढी बालविवाह हुने गरेको तथ्याख्क छ । सरकारसँगै गैरसरकारी संस्थाहरुले वालविवाह विरुद्धको अभियानका लागि बर्षेनी करोडौं रुपैयाँ खर्च गर्ने भएपनि अभियान शहरकेन्द्रित हुँदा ग्रामिण क्षेत्रमा बालविवाहको घटनामा कमी आएको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);