बालबालिकाहरुमा आफूखुसी भागी विवाह गर्ने क्रम बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बालबालिकाहरुमा आफूखुसी भागी विवाह गर्ने क्रम बढ्दो

अप्सरा लामिछाने

काठमाडौं, २८ चैत । पछिल्लो समय आफूखुसी सानै उमेरमा विवाह गर्ने क्रम बढेको छ । सरकारी र गैरसरकारी तहबाट बालविवाह रोक्न बिभिन्न अभियान चलाएपछि बढ्दो समाजिक सञ्जालको दूरुपयोगका कारण बालविवाह गर्ने क्रम बढेको सरोकारवालाको बुझाइ छ ।

परिपक्व नहुँदै लहैलहैमा सानै उमेरमा विवाह गर्ने र केही समयपछि नै सम्बन्ध विच्छेद गर्ने लहर नै चलेको छ । पहिले अभिभावकको दवावमा बालविवाह हुने गरेको थियो । तर, पछिल्लो समय वालविवाह हुनुको कारणमा परिवर्तन आएको छ ।

पछिल्लो समय बालबालिकाहरुमा आफूखुसी भागी विवाह गर्ने क्रम बढेको छ । यसको प्रमुख कारण समाजिक सञ्जाल भएको सरोकारवालाहरुको भनाइ छ ।

अदालत र स्थानीय निकायमा सम्बन्ध विच्छेदका लागि पर्ने उजुरीले पनि यसलाई पुष्टि गर्छ । सम्बन्ध विच्छेदका लागि उजुरी दिनेमा २०–२५ बर्ष उमेरसमुहका बढी रहेका छन् । समाजिक सञ्जाल मार्फत सम्बन्ध बढाउँदै आफूखुसी विवाह गर्ने र केही समयपछि नै सामान्य मनमुटाबमा सम्बन्ध विच्छेद गर्ने क्रम बढेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ ।

कानुनमा विवाहका लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख छ । विवाहको हकमा कानुनको पूर्ण पालना भएको पाईंदैन । कलिलै उमेरमा आफूखुसी हुने विवाहको क्रमलाई रोक्न अभिभावकहरु सचेत हुनुपर्ने सरोकारवालाहरु बताउँछन् । साथै विद्यालय स्तरका पाठ्यक्रममा यस विषयलाई समावेस गरी स्वेछिक बालविवाह रोक्न पहल गर्नुपर्ने उनीहरुको भनाइ छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);