प्रदेश २ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

जनकपुरधाम, २८ चैत । प्रदेश दुईको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको छ । प्रदेश सरकारले तयार पारेको नीति तथा कर्यक्रम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार संसदमा पेश गरेका हुन् ।

नीति तथा कार्यक्रममा कृषि, उद्योग तथा पर्यटनको विकासमा जोड दिइएको छ । प्रदेशको विकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन नीति लिइएको छ ।

प्रदेश दुईमा बन्द रहेको जनकपुर चुरोट कारखाना, विरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गरेर संचालनमा ल्याउने कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशमा बन्द हड्ताल लगायतका कार्यक्रमलाई निरुत्साहित गर्दै राष्ट्रिय गौरवका आयोजना निर्माणमा तिब्रता दिने लगायतका नीति तथा कार्यक्रम समेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);