सरकारको नीति तथा कार्यक्रम योजनाको पुलिन्दा : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम योजनाको पुलिन्दा : कांग्रेस

nepali congress

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दा को संज्ञा दिदै संघीय संसदमा त्यस बारे आवाज उठाउने भएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्द्रीकृत प्रणालीको सपना बाड्ने योजनाको पुलिन्दा मात्रै भएको भन्दै संसदमा आवाज उठाउने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रममा स्थानिय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक बर्ष भित्र कुन कुन क्षेत्रमा के कति उपलब्धि हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ ।

संघीय संरचनामा मुलुक रहेपनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभुति दिन नसकेको तथा पुर्ववर्ती सरकारको जस्तै केन्द्रीकृत नीति अबलम्बन गरिएको ठहर कांग्रेसले गरेको छ ।

सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसंग छलफल नगरे एकलौटी रुपमा अघि बढेको टिप्पणी कांग्रेसले गरेको छ । सरकारको नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गर्दशन गरि हातेमालो गर्दै अघि बढ्नुपर्ने भएपनि त्यो नभई घोषणपत्रमा सिमिति भएकाले जनताको विकास र सम्वृद्धिको सपना साकार पार्न आफुहरुले संसदमा शसक्त आवाज उठाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे गर्दा सरकारले नियोजित रुपमा नै राष्ट्रियसभा र प्रतिनिधिसभाको अपमान गरेको ठहर पनि कांग्रेसले गरेको छ ।

सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);