सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी : बालकृष्ण खाँड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी : बालकृष्ण खाँड

काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी भएको भन्दै फिर्ता लिन सत्तापक्षको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संविधान र संघियता विरोधी भएको भन्दै कांग्रेसले फिर्ता लिन आग्रह गरेको हो ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रदेश सरकार र स्थानीय सरकारलाई बलियो पार्ने भन्दा पनि केन्द्रीय सरकारलाई झनै बलियो र केन्द्रीकृत गर्ने काममा सरकार लागेको आरोप लगाए ।

प्रस्ताव संविधानको मर्म विपरित भएको भन्दै उनले भने ‘‘जरुरी सार्वजानिक प्रस्ताव ठिक छ भने सरकारको नीति तथा कार्यक्रम ठिक छैन । नीति कार्यक्रम र बजेट ठिक छ भने सार्वजानिक प्रस्ताव ठिक छैन, यो प्रस्तावले संघीय लोकतात्रिक गणतन्त्रलाई बलियो बनाउने काम भएन ।”

सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम अधुरो भएका कारण जनताका इच्छा आवश्यकता पुरा गर्न नसक्ने खाँडले बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संघीयतालाई संस्थागत गर्न नसकेको, जनताले चाहे जस्तो जनताको घर आगनमा सिंहदरबारको प्रत्याभुति दिन नसकेको टिप्पणी गरे ।

यसैगरी सांसदहरु दिलेन्द्र प्रसाद बढु, हितमान शाक्य, अतहर कमाल मुसलमान लगायत प्रतिपक्षी दलका सांसदहरुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी भएको भन्दै सत्तापक्षदलको कडा आलोचना गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);