प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको सरकारको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको सरकारको निष्कर्ष

oli and xinping

काठमाडौं, १४ असार । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण अपेक्षा अनुसार नै अत्यन्तै सफल भएको निष्कर्ष निकालिएको सरकार प्रवक्ता एवम् संचार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रीपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अरव ६ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ । यूरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने सरकारका प्रवक्ता बास्कोटाले जानकारी दिए ।

त्यसैगरी विमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धि निर्देशिका पनि स्विकृत गरिएको छ ।

मन्त्रीपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);