प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको सरकारको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको सरकारको निष्कर्ष

pm kp-oli

काठमाडौं, १४ असार । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालको हितमा सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीले गर्नुभएको ६ दिने औपचारिक चीन भ्रमण अपेक्षित र नेपालको हितमा सफल रहेको निष्कर्ष निकालेको हो । त्यस्तै बैठकले नेपाल र बंगलादेश सरकारबीच हुने द्धैध कराधान मुक्ति तथा वित्तियछल निरोधसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्न स्विकृति प्रदान गरेको छ । बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ ।

यूरोपियन युनियनको यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने जनाइएको छ । त्यसैगरी बैठकले बिमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली–२०७५ र वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धि निर्देशिका स्विकृत गरेको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धि ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);