एमाले नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सामूहिक राजीनामाबारे थप छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

एमाले नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सामूहिक राजीनामाबारे थप छलफल हुने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदबाट लिन लागेको विश्वासको मतमा आफ्नो पक्षले सामूहिक राजीनामा दिने विषयमा ठोस निर्णय लिन बैठक बस्न लागेको हो ।

बैठकले सामूहिक या छुट्टाछुट्टै राजीनामा दिने भन्नेबारे टुंगो लगाउने नेताहरुले जनाएका छन् ।

यसअघि नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरन्तरता दिनुभन्दा राजीनामा दिनु उपयुक्त हुने भन्दै शनिबार सामुहिक राजीनामा दिने निष्कर्ष निकालेको थियो ।

खनाल–नेपाल समुहका नेताहरूले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउन आफूहरूले गरेको आग्रह अध्यक्ष ओलीले नमानेकाले राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुको विकल्प नभएको बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);