एमालेमा नेपाल पक्ष फ्लोरक्रस नगर्ने निष्कषर्मा, पार्टी मिलाउन प्रधानमन्त्रीलाई दबाब | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेमा नेपाल पक्ष फ्लोरक्रस नगर्ने निष्कषर्मा, पार्टी मिलाउन प्रधानमन्त्रीलाई दबाब

काठमाडौं । धेरैले अनुमान गरेविपरीत एमालेको नेपाल पक्षले संसदमा फ्लोरक्रस नगर्ने निष्कर्ष निकालेको छ। मंगलबार बसेको सो पक्षको स्थायी समितिको बैठकले यस्तो निष्कर्ष निकालेको स्रोतले बतायो ।

बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेका छन् । त्यसमा धेरैले नेपाल पक्षका सांसदले फ्लोरक्रस गरेर त्यसको विपक्षमा मतदान गर्ने अनुमान गरेका थिए।

बैठकले प्रधानमन्त्री ओलीलाई अविलम्ब पार्टी मिलाउन दबाव दिने निर्णय गरेको छ। यो सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाई सकिएको एक नेताले ईमाउण्टेन टिभिलाई जानकारी दिए। यस सम्बन्धी थप रणनीति बनाउन नेपाल पक्षको स्थायी समितिको बैठक राजधानीमा जारी छ।

स्रोतका अनुसार २७ गते सम्म प्रधानमन्त्री ओलीले पार्टी नमिलाए नेपाल पक्षका संघीय र प्रदेशका सबै सांसदले राजीनामा दिने रणनीति तय गरेका छन् । प्रत्यक्ष निर्वाचित सांसदले प्रदेश सभामा राजीनामा दिएको खण्डमा सबै प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्ने छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु अघि नेपाल पक्षका अधिकांस सांसदहरुसंग स्पष्टिक।ण मागेका छन् । अहिले पछि समयमा एमालेका दुबै पक्ष केही लचिलो देखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);