म सांसद पदबाट राजीनामा दिने पक्षमा छैन : हिराचन्द्र केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

म सांसद पदबाट राजीनामा दिने पक्षमा छैन : हिराचन्द्र केसी

काठमाडौं । नेकपा एमालेमा नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसद्ले सामूहिक राजीनामा दिने चर्चा चलिरहेको बेला सो समूहका एक सांसदले भने सांसद पदबाट राजीनामा नदिने बताएका छन् । नेपाल–खनाल पक्षका नेकपा दाङ क्षेत्र नं ३ बाट निर्वाचित एमालेका प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले सांसद पदबाट राजीनामा नदिने बताएका हुन् ।

राजीनामा दिने बारेमा समूहमाा छलफल भएको भएपनि आफू राजीनामा नदिने पक्षमा रहेको उनले जानकारी दिए । ‘राजीनामा नगरौँ भन्ने कुरा हो, अझै छलफलमा नै छौँ हामी’, उनले भने ।

जनताले पाँच वर्षसम्मको लागि चुनेकाले राजीनामा नदिने केसीको भनाई छ । ‘बरु प्रधानमन्त्रीले फाले पनि फालून्, सकेसम्म राजीनामा नदिने, यसले राम्रो सन्देश जाँदैन भन्ने हो’, केसीले भने ।

आज पनि समूहको छलफल बोलाइएको र छलफलमा थप कुरा हुने उनले बताए । छलफल बोलाइएकोले छलफलमा बस्ने भए पनि आफू राजीनामा दिने पक्षमा नरहेको उनको भनाई छ । ‘फेरि पनि छलफल हुँदै छ, छलफलमा बस्छौँ तर म राजीनामा दिने पक्षमा छैन’, उनले दोहो¥याए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ढिपीको कारण अहिलेको अवस्था आएको केसीको आरोप छ । ‘पार्टीलाई मिलाएर जानु पर्नेमा उहाँले त्यसमा उचित पहलकदमी लिनसक्नु भएन’, उनले भने ।

सरकारले विश्वासको मत लिनको लागि भोलि बोलाइएको प्रतिनिधि सभा बैठक अगाडि नै सरकारलाई असफल बनाउन एमालेको नेपाल–खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका छन् । तर यसमा सोही पक्षका सांसदबीच नै मतभिन्नता देखिएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);