सामूहिक राजीनामा अन्तिम अध्याय हो, त्यसमा छलफल भएको छैन – नेता पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सामूहिक राजीनामा अन्तिम अध्याय हो, त्यसमा छलफल भएको छैन – नेता पाण्डे

काठमाडौं । नेकपा एमालेका नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले सामूहिक राजीनामा भन्दापनि आफूहरुको माग जेठ २ मा फर्किने भएको बताएका छन् ।

उनले भने–‘सामूहिक राजीनामा भन्दापनि हाम्रो माग भनेको जेठ २ मा फर्किने भन्ने हो ।’

नेता पाण्डे पनि नेता नेपालसहित पार्टी भित्र समानान्तर गतिविधि सञ्चालन गरेको आरोपमा निलम्बनमा परेका थिए । निलम्बनमा परेका ४ नेतालाई आज बसेको स्थायी कमिटीको बैठकले कारबाही फुकुवा गरेको छ ।

पाण्डेले सांसद पदबाट सामूहिक राजीनामा दिने विषयमा अझै छलफल नचलेको बताएका छन् । ‘राजीनामाको विषयमा हामीले छलफल गरेका छैनौं’, पाण्डेले भने–‘सामूहिक राजीनामा हाम्रो मुद्दा होइन, हाम्रो मुद्दा जेठ २ मा पार्टीलाई फर्काउने भन्ने हो ।’

पार्टी नेतृत्वबाट जेठ २ मा फर्कन सक्ने खालका कुरा आएको पनि नेता पाण्डेले बताए । पार्टी पुरानै अवस्थामा नफर्कीएको अवस्थामा मात्र अप्रिय कदम चालिने उनले स्पष्ट पारे । यदि पुराना अवस्थामा पार्टी फर्काउने सहमति भए सबै समस्या समाधान हुने उनको भनाई छ ।

नेता पाण्डेले भने– ‘पण्डितले पहिलो अध्याय पढिरहेको बेला अन्तिम अध्यायमा प्रवेश नगर्नुस् न, हामीले अन्तिम अध्यायको बारेमा सोचेका छैनौँ, राजीनामा अन्तिम अध्याय हो ।’

कारबाही फुकुवा पार्टी एकताको एउटा प्रयास भएको पनि उनले बताए । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनुपर्छ, त्यसैले यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ’, उनले भने ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);