माग सम्बोधन नभए सामूहिक राजीनामा दिने चिकित्सकको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

माग सम्बोधन नभए सामूहिक राजीनामा दिने चिकित्सकको चेतावनी

samuhik rajinama dine doctorko chetawani

काठमाडौं, ५ फागुन ।  सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आईतबार सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारसंग पटक पटक आग्रह गर्दा पनि विधेयक नसच्याएको भन्दै सामूहिक राजीनामा दिने लगायतका एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरिएको संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाबाट सो विधेयक आफूहरुको मागलाई सम्बोधन नगरी पारित भएको भन्दै सोमबार देशभरका चिकित्सकहरुले विधेयक सच्याउन सरकारलाई दवाव दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान संचालन गर्ने जनाएका छन् ।

त्यसैगरी उनीहरुले आफना माग सम्बोधन नभए सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । आफूहरुको वृत्ति विकास रोकिने गरी सरकारले विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);