चिकित्सकद्वारा देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिकित्सकद्वारा देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार

hospital

काठमाडौँ, १० फागुन । आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । उनीहरुले शुक्रबार बिहान करिव १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका हुन् ।

आन्दोलनरत सरकारी चिकित्सकहरुले देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका छन् । स्थानीय तह मातहत राख्ने गरी आएको कर्मचारी समायोजन विधेयक सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । चिकित्सकहरुले शुक्रबार बिहान करिव १० बजेतिर वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए ।

यसरी आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि वीर अस्पताल पुगेका विरामीहरु विचल्ली परे । उनीहरुले विरामीहरुले पनि उपचार गर्न समेत नपाउने अवस्था आएकोमा भन्दै आपत्ति समेत जनाएका छन् ।

यता, सरकारी चिकित्सक संघले भने आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याएको कर्मचारी समायोजन विधेयक सच्याउन सरकारलाई बाध्य पार्न एक दिने अस्पतालको सेवाहरु बहिष्कार गर्नु परेको जनाएको छ । संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले माग सम्बोधन नभए सामूहिक राजीनामा दिने समेत चेतावनी दिए ।

सरकारले स्थानीय तहको मातहत रहने व्यवस्थासहित कर्मचारी समायोजन विधेयक ल्याएपछि त्यसलाई सच्याउन माग गर्दै सरकारी चिकित्सकहरुले आन्दोलनको कार्यक्रमलाई झनै सशक्त बनाउँदै लगेका छन् । यता सरकारले भने चिकित्सकले राखेका मागका विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);