डडेल्धुराका महिलाहरु सिलाई-कटाई पेशातर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डडेल्धुराका महिलाहरु सिलाई-कटाई पेशातर्फ आकर्षित

dadeldhura silai-katai

बिमल जैरु

डडेल्धुरा, १० फागुन । महिलाहरु घर भान्छामा मात्रै सिमित हुनुपर्छ र आयआर्जनको काम पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यताबाट डडेल्धुराका महिलाहरु बाहिर निस्केका छन् । डडेल्धुराका महिलाहरु अहिले घरायसी कामलाई निरन्तरता दिंदै सिलाई-कटाई पेशमामार्फत आत्मनिर्भर हुन थालेका छन् ।

डडेल्धुराका महिलाहरुले समाजमा विद्यमान परम्परागत सोचबाट बाहिर निस्कंदै अहिले सिलाई कटाइलाई आकर्षक पेशा बनाएका छन् । थोरै लगानीमा गुजारा चल्ने गरी आम्दानी हुन थालेपछि महिलाहरु सिलाई-कटाई व्यवसायतर्फ आकर्षित हुन थालेका हुन् ।

सिलाईकटाइ पेशामा लागेका महिलाहरु यो कामबाट आफ्नो र परिवारका लागि आवश्यक खर्च सजिलै जुट्ने बताउँछन् । सिलाईकटाई व्यवसायवाट मासिक औषत २० हजारसम्म आम्दानी हुने उनीहरु बताउँछन् । यो सफलता र आकर्षणले घरायसी कामकाज र चुलोचौकोमा सीमित महिलाका लागि सीप सिकेर आत्मनिर्भर र व्यवसायिक बन्न सकिन्छ भन्ने प्रेरणा उनीहरु बताउँछन् ।

त्यसो त समाजमा अझै पेशा छनोट सम्बन्धी परम्परागत् मान्यता विद्यमान छ । तर यसरी सबै वर्ग र समुदायका महिलाले सहजै कपडा सिलाउने काम गर्न थालेपछि समाजमा क्रमशः परम्परागत सोच समेत भत्किन थालेको छ । सिलाई–कटाई पेशाले त्यहाँ विस्तारै व्यवसायिक सफलता लिंदैछ ।

कतिपय महिलाले घर खर्च मात्र चलाएका छैनन्, राम्रो बचत समेत गरिरहेका छन् । काम गर्दै जाँदा सीप क्षमता पनि बढेको छ । यसरी महिलाहरु स्वरोजगार तथा आत्मनिर्भर बन्दा समाजमा रोजगारी नपाएर विदेशिने सोच बनाएकाहरु समेत सिप सिकेर स्वदेशमै कर्म गर्न थालेका छन् ।

डडेल्धुराका शहरी क्षेत्रमा मात्र नभई अहिले ग्रामिण भेगका महिला पनि सिलाई-कटाई पेशामा आकर्षित हुन थालेका छन् । सिलाई पेशालाई मुख्य पेशा बनाएका कतिपय महिलाले अहिले व्यवसायीक सफलतासंगै व्यवसायी बनेर थप महिलालाई रोजगारी पनि दिई रहेका छन् ।

यसरी महिलाले आम्दानीको स्रोत पहिचाहन गरि सिलाई-कटाइलाई व्यवसायीक बनाउँदा बजारमा तयारी पोशाकको खपत केहि हदसम्म कम भएको छ भने स्थानीन सिप र उत्पादनप्रति सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।

अहिले आएर डडेल्धुरा सदरमुकाममा मात्रै महिलाहरुले सिलाईकटाईका १५ वटा पसल सन्चालनमा ल्याएका छन् । ग्रामीण भेगमा पनि महिलाहरुले सिलाइ-कटाईका पसलहरु संन्चालन गरिरहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);