आत्मनिर्भर बन्दै डडेल्धुराका महिला | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

आत्मनिर्भर बन्दै डडेल्धुराका महिला

विमल जैरु
डडेल्धुरा, १० माघ 
। डडेल्धुराका महिलाहरु सिलाई कटाइ पेसामा लागेर आत्मनिर्भर भएका छन् । पुरुषले मात्रै काम गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै महिलाहरु सिलाई–कटाइ पेसामा सक्रिए भएका भएका हुन् ।

थोरै लगानीमा आम्दानी हुन थालेपछि डडेल्धुराका महिलाहरु सिलाई–कटाइ पेसामा आवद्ध भएका हुन् । सिलाई–कटाइ पेसा सुरु गरेपछि घरपरिवार चलाउन पनि सहज भएको महिलाहरुको भनाई छ । उनीहरुले मासिक २० हजार सम्म आम्दानी गर्ने गरेका छन् । सिलाई कटाइबाट सफलता प्राप्त गरेपछि घरायसी कामकाज र चुलोचौकोमा सीमित महिलाहरुले सीप सिकेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने प्रेरणा दिएका छन् ।

सिलाई–कटाईबाट सफल भएका महिलाहरुले घर खर्च मात्र चलाएका छैनन् राम्रो बचत पनि गरिरहेका छन् । महिलाहरु आत्मनिर्भर भएपछि रोजगारका लागि विदेश जाने तयारी गरेका पनि स्वदेशमै कर्म गर्न थालेका छन् ।

डडेल्धुराका शहरी क्षेत्रमा मात्र हैन ग्रामिण भेगका महिला पनि सिलाई कटाई पेसामा आकर्षित भएका छन् । समाजमा अझै पनि पेसा छनोट सम्बन्धि परम्परागत मान्यता विद्यमान छ । सबै वर्ग र समुदायका महिलाले कपडा सिलाउन थालेपछि परम्परागत सोच समेत भत्किएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);