व्यवसायिक सिप प्रदान गर्दे डार्डो नेपाल  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

व्यवसायिक सिप प्रदान गर्दे डार्डो नेपाल 

मुगु। मुगुका अपांगता भएका व्यक्तिहरूले पछिल्लाे सयम जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सिप प्राप्त गरिरहेका छन् । यही क्रममा गैरसरकारी संस्था अपांग पुनर्सथापना तथा ग्रामीण विकास संस्था (डार्डो) नेपाल मुगुले पनि जिल्लाका अपांगता भएका व्यक्तिहरूलाई सिपमुलक तालिम दिएकाे  ।आईएनएफ मुगुको आर्थिक सहयोगमा र उक्त संस्थाको सहजीकरणमा अपांगता भएकाहरूलाई आत्मनिर्भर र जीविकोपार्जन गर्ने उद्देश्यले व्यवसायिक तरकारी खेती र सीपमुलक कार्यक्रम सिलाई कटाई तालिम प्रदान गरेको हाे। तालिमले यहाँ आर्थिक संकटमा रहेका अपांगता भएका व्यक्तिहरूलाई आयस्राेत बढाउने आसा गरिएकाे छ । पछिल्लो समय कर्णालीका केही अपांगता भएका व्यक्ति व्यवसायिक सिप सिकेर आत्मनिर्भर बनेका छन्।

दुर्गम भेग र अपांगता भएका व्यक्तिहरूकाे पिडालाई केही कम गर्न सकियाेस भनेर आईएनएफ मुगु र डार्डो नेपालले शीपमुलक कार्यक्रम थालनी गरिएको आईएनएफ मुगुका अप्रिता कार्कीले बताइन्।

उनका अनुसार सिलाई कटाई तालिममा अपांगता भएका पाँच जना महिला थिए भने १६ जनाले  तरकारी खेतीसम्बन्धी तालिम लिएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);