अन्तर्राष्ट्रिय अपांगता दिवस हरेक बर्ष मनाउने गरेपनि अपांगको अवस्थामा भने केही परिवर्तन ल्याउन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अन्तर्राष्ट्रिय अपांगता दिवस हरेक बर्ष मनाउने गरेपनि अपांगको अवस्थामा भने केही परिवर्तन ल्याउन सकेन

बाग्लुङ, १८ मंसिर । २९ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा हरेक बर्ष मनाउने गरेपनि यसले अपांगको अवस्थामा भने केही परिवर्तन ल्याउन सकेको देखिदैन । समाजमा केही अपांगले आफ्नै पौरख गरेर खाए पनि अरूको अबस्था जस्ताको तस्तै छ ।

नेपालमा मनाइने अन्तर्राष्ट्रिय अपांग दिवस कर्मकाण्डी भन्दा केही हुनसकेको छैन । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अन्तर्राष्ट्रिय अपाङग दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका व्यक्तिहरुको संख्या साँढे पाँच लाख नाघेको छ ।

बाग्लुङ जिल्लामा केही बर्षयता अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाले अपांगता भएका व्यक्तिहरूकोलागि सीपमुलक तालिम संचालन गर्दै आएको छ । तर अपांगको अबस्थामा भने खासै परिवर्तन भएको देखिदैन । तर बागलुङ सदरमुकामका केहि शारीरिक रूपमा अपांग भएका व्यक्तिहरूले भने समाजमा रहेका सपांग ब्यक्ति सरह ब्यबसाय गरेर जिविको पार्जनगरिरहेका गर्नुका साथै अपांगले पनि सपाङग सरह काम गर्न सक्छन् भन्ने उदाहरण दिन सफल भएका छन् ।

शारीरिक रूपमा अपांग बागलुङका लक्ष्मी शेरचन १० बर्ष देखि रेष्टुरेन्ट संचालन गरिरहनु भएको छ । शारीरिक रूपमा अपांग भएपनि ६ बर्ष देखि पान पसल गरेर राम्रो आम्दानी गर्न रामु बोहोरा पनि सफल हुनु भएको छ । पछिल्लो समय हरेक बर्ष मनाइने अपांगता दिवसको औचित्य नभएको अपाङगता भएका व्यक्तिहरुको गुनासो छ ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदन अनुसार विश्वभर कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);