आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदैंः राष्ट्रिय शिक्षा दिवस भने नमनाइने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदैंः राष्ट्रिय शिक्षा दिवस भने नमनाइने

काठमाडौं, २३ भदौं । अन्तर्राष्ट्रिय साक्षर दिवस विभिन्न कार्यक्रम गरि मनाइदैं छ ।

संयुक्त राष्ट्रसंघी शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आठ सेप्टेम्बर अर्थात आजकै दिनलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ ।

नेपालमा पनि यो दिवस मनाइदैं आइएको छ भने राष्ट्रिय शिक्षा दिवस भने यो वर्ष नमनाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिनमा मनाउने निर्णय गरेको हो ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्बन्धी कार्यक्रमहरु संचालन भएपनि राष्ट्रिय शिक्षा पदवसका कार्यक्रमहरु भने नहुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विश्वभरका विद्यालय, समुदाय र संस्थाहरुले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस मनाउने गरेपनि यो वर्ष भने कोरोना संक्रमणका कारण कुनै औपचारीक कार्यक्रम भने तय भएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);