माउण्टेन टेलिभिजन कर्मीको चरित्र हत्या गर्न खोजिएको भन्दै पत्रकार महासङ्घको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

माउण्टेन टेलिभिजन कर्मीको चरित्र हत्या गर्न खोजिएको भन्दै पत्रकार महासङ्घको ध्यानाकर्षण

बाग्लुङ, २२ भदौ । माउण्टेन टेलिभिजन बाग्लुङ सम्वाददाता सहित बाग्लुङका ३ पत्रकारको समाजिक संजाल मार्फत चरित्र हत्या गर्न खोजिएको भन्दै नेपाल पत्रकार महासंघ बाग्लुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासङघ बाग्लुङ शाखाका कार्यसमिति सहसचिव एवं माउण्टेन टेलिभिजन बाग्लुङ सम्वाददाता सुवास आचार्य, पूर्वअध्यक्ष एवं एभिन्युज सम्वाददाता राजेशचन्द्र राजभण्डारी ,ई बाग्लुङ अनलाईनका सहायक सम्पादक रामप्रसाद घिमेरेलाई बाग्लुङ नगरपालिका वडा नम्बर ४ कुँडुले, फेँदी निवासी चन्द्रकान्त पौडेलले सामाजिक सञ्जाल फेसवुक मार्फत व्यक्तिगत मानहानी र पेशागत चरित्रमा आँच आउने गरी लेखेको प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका अध्यक्ष दिल शिरीषद्धारा हस्ताक्षरित विज्ञप्तिमा मिति २०७७ भदौ १८ र २१ ग्ते तस्वीरसहित गरिएको पोष्टमा पत्रकार त्रयलाई आफूले कारवाही गर्न अनुरोध गरेको र केन्द्रीय नेतृत्वले पत्रकार महासंघको सदस्यता समेत नरहने गरी कारवाही गर्ने आवश्वासन दिएको भनेर स्टाटसमा उल्लेख गरिएको विषयमा कुनै सत्यता नरहेको महासंघले स्पष्ट पारेको छ ।

महासंघले कुनैपनि समाचार या विषयमा चित्त नबुझेमा खण्डन र कानून बमोजिम जान सक्ने प्रावधान हुँदाहुँदै अमर्यादित र पत्रकारको अपमान हुने गरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने निज पौडेललाई कानूनी दायरामा ल्याउनुहुन सम्बन्धित पक्षसमक्ष महासंघले माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);