तालमा डुबेर हराएका युवाकाे शब भेटियाे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तालमा डुबेर हराएका युवाकाे शब भेटियाे

दाङ, २२ भदाै । दाङमा पौडी खेल्ने क्रममा कृत्रिम तलामा डुबेर बेपत्ता भएका एक युवकको शब २४ घण्टा पछि निकालिएको छ । घोराही उपमहानगरपालिका ४ भकारेमा बनाईएको तालमा आइतवार दिउँसो डुवेर बेपत्ता भएका घोराही ४ गोग्लीका २२ बर्षीय गोपाल सुनारको शब सोमबार दिउँसो प्रहरीले निकालेको हो ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनारलाई निरन्तर खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान प्रभु सुनारले शब निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

घोराहीमा कृत्रिम ताल निर्माण भएपछि बेला बेलामा मानिसहरुको डुवेर ज्यान जाने गरेको छ । जलाशयहरुमा तारबार नहुँदा तालमा नुहाउन जाने हुदाँ बर्षेनी नागरिकको ज्यान जाने गरेकोे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);