पोखरीमा डुबेर एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पोखरीमा डुबेर एक युवकको मृत्यु

dubera mrityu

दाङ, ११ जेठ । दाङको घोराहीमा रहेको एक मानव निर्मित तालमा डुवेर एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ को गुलरियामा रहेको कृत्रिम तालमा डुवेर रोल्पा निवासी एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुने युवक घोराहीमा बस्ने रोल्पा रुम्टीगढी गाउँपालिका ९ रुम्टी निवासी २२ बर्षीय बिजय केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर कृत्रिम तालमा डुवेका युवकको शवे तालबाट निकालेको छ ।

घुम्न गएका युवा चिप्लिएर तालमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त तालमा यसअघि पनि एक युवाको डुवेर निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);