तालमा डुबेर एक युवकको मृत्यु, सशस्त्रको गोताखोर टोलीले निकाल्यो शव | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

तालमा डुबेर एक युवकको मृत्यु, सशस्त्रको गोताखोर टोलीले निकाल्यो शव

कुशल दलामी 

बाँके । बैजनाथ गाउँपालिका ३ कन्हवा तालमा नुहाउन गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका १ कौशिल्यानगर निवासी बर्ष १७ को सुरेश सार्कीलाई नेपाली सेनाको बज्रदल गण चिसापानी ब्यारेक सशस्त्र प्रहरी २४ नं.रिजर्ब गण सम्सेरगंज र ईलाका प्रहरी प्रहरी कार्यालय कोहलपुरबाट खटिएको नेपाल प्रहरी स्थानीय जनप्रतिनिधि स्थानीय लगाएतको खोजी पश्चात फेला पारेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएपछि चिकित्सकले सार्कीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

उक्त तालमा शनिबार करिब ११ बजेतिर सार्की नुहाउन तालमा पसेको केहि समय सम्म बाहिर ननिस्किएपछि स्थानीयहरुले खोजी कार्य जारी राखेपनि सशस्त्र प्रहरी २४ नं रिजर्ब गण शम्सेरगंजको गोताखोर टोलीले फेला पारेको बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगारले बताउनुभयो ।

हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आधिकारिक रूपमा मृत घोषणा गरेपछि मृत सव भेरी अस्पताल नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);