नेपालमा संक्रमितको संख्या ६०० नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ६०० नाघ्यो

coronavirus test

काठमाडौं, ११ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या छ सय (६००) नाघेको छ । आजको थप १९ जना नयाँ कोरोना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा अनुसार थपिएका संक्रमितहरुमा सबै पुरुष रहेका छन् । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये बारा कलैयाका ३२ वर्षीय, वीरगञ्ज पर्साका २५ वर्षीय, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय, पर्सा नागवाका ६० वर्षीय, रौतहट घर भई कलैयामा रहेका ३२ वर्षीय, सर्लाही हरिपुर ६ का ४८ वर्षीय, रुपन्देही सम्यारीमाई ५ का ४० र ५० वर्षीय, रुपेन्देहीका ३२ वर्षीय, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय र  नुवाकोटा ककनीका ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवाका २३, ३० र ४० वर्षीय पुरुषमा संक्रमण भेटिएको छ। कपिलवस्तु खैरातीका ३५, ३७ र ५२ वर्षीय र गुल्मी मदानेका ३१ वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा उनीहरु मध्ये ८७ जना निको भइसकेका छन् । हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);