नेपालमा थप २४ जना कोरोना संक्रमित फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपालमा थप २४ जना कोरोना संक्रमित फेला

coronavirus test

काठमाडौं, ३१ वैशाख । नेपालमा थप २४ जना कोरोना संक्रमित फेला परेका छन् ।

नेपालमा कोरोना भाइरससंक्रमितको संख्या २४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो । साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीका छन् ।

उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो । सहप्रवक्ता अधिकारीका अनुसार नयाँ संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन् । सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);