काठमाडौंमा थप संक्रमित भेटीए, संक्रमितको संख्या २४५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

काठमाडौंमा थप संक्रमित भेटीए, संक्रमितको संख्या २४५ पुग्यो

coronavirus test

काठमाडौं, १ जेष्ठ । नेपालमा थप दुई जना कोरोना संक्रमित फेला परेका छन् । नेपालमा कोरोना भाइरससंक्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विहीबार बिहान थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहान कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिला रहेका छन् । यसअघि बुधबार दिउँसो २ जना र साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि कोरोना पुष्टि भएको थियो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।