नेपालमा थप १० जनामा कोरोना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालमा थप १० जनामा कोरोना

coronavirus test

काठमाडौं, ४ जेठ । रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरसका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरू केही दिनअघि मात्रै भारतको मुम्बई, गुजरातलगायतका ठाउँबाट आएको खुलेको छ ।corona update

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);