नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, १५६७ जनामा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, १५६७ जनामा संक्रमण

corona update

काठमाडौं, १८ जेठ । कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएसंगै मृत्यु हुनेको संख्या ८ पुगेको हो ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले आइतबार बाजुराकी २ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो । बालिकाको परीवार १ हप्ता अघि भारतबाट आएका थिए ।त्यसैगरी, शनिबार दुल्लु नगरपालिका ११ दैलेखका ३५ वर्षका पुरुषको पनि कोरानाकै कारण मृत्यु भएको देवकोटाले बताउनुभयो ।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी बारा, ललितपुर र अर्घाखाँचीका १-१ गरी ६ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । यसैगरी बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप १ सय ६६ जनामा कोरोना स्ंक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार संक्रमित हुनेमा तनहुँका १, स्याङजाका २, पर्साका ५, कालिकोटका १८, दैलेखका १८ र बाजुराका १ जना रहेका छन । त्यसैगरी सल्यानका २५, सुर्खेतका १, कपिलवस्तुका १, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३ र बाजुराका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ४, मोरङका १, धनुषाका २१,कपिलवस्तुका ४, रौतहटका २९ र सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको छ । प्रवक्ता देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ६९ हजार ५ सय ८२ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १ सय ९ जनाको नमुना परीक्षण यस्तै देशभर गरेर कुल १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);