थप २ सय ७० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

थप २ सय ७० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौं, २ माघ । नेपालमा थप २ सय ७०  जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।

२४ घण्टामा ३ सय ९० संक्रमित डिस्चार्ज,  ५   को मृत्यु

त्यसैगरी २४ घण्टामा  ३ सय ९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप  ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);