थप ४ सय ९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

थप ४ सय ९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

corona virous

काठमाडौं, २२ पुष । नेपालमा थप ४ सय ९  जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

२४ घण्टामा ४ सय ९५ संक्रमित डिस्चार्ज, ६ को मृत्यु

त्यसैगरी २४ घण्टामा ४ सय ९५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।

यसैगरी कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९  पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);