कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्ने संगठनको टोलीलाई चीन प्रवेशमा रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्ने संगठनको टोलीलाई चीन प्रवेशमा रोक

एजेन्सी,२२ पुष। कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन डब्लुएचओले तय गरेको टिमलाई चीन प्रवेशमा रोकिएको छ ।चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो। डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए ।

एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना पनि फर्किन लागेका जनाइएको छ ।अध्ययनबारे लामो वार्तापछि चीन र डब्लुएचओबिच सहमति भएको थियो । कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा संक्रमणको क्रम थालेको विश्वास गरिन्छ । त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ ।

सन् २०१९ को अन्त्यमा वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।चीनले अहिलेसम्म पनि अध्ययन टोलीको आगमन प्रक्रियालाई पूर्णता नदिएको विषयले गम्भीर रुपमा निराश बनाएको डब्लुएचओले जनाएको छ ।

चीनले आन्तरिक प्रक्रिय पूरा गरेर टिमको प्रवेश चाँडै सुनिश्चित हुने आश्वासन डब्लुएचओलाई दिएको बताइएको छ ।अध्ययनका लागि डब्लुएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञहरुलाई चीन पठाउने तयारी गरेको छ । कोरोनाका बिषयमा डब्लुएचओले जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);