डब्ल्युएचोको टोली कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

डब्ल्युएचोको टोली कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान पुग्यो

एजेन्सी, १ माघ । विश्व स्वास्थ संगठन डब्ल्युएचोको टोली कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान पुगेको छ । लामो समयदेखिको कुटनीतिक प्रयासपछि चिनियाँ राष्ट्रपति सी जिनपिङबाट भ्रमण अनुमति पाएको डब्ल्युएचोका अनुसन्धानकर्ताहरुको १० सदस्यीय टोली बिहीबार वुहान पुगेको हो ।

डब्ल्युएचोको टोलीमा रहेका वैज्ञानिकहरुले चमेरो वा अन्य कुनै जनावरबाट मानिसमा कोरोना सरेको थियो भन्नेबारे अध्ययन गर्नेछन् । २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलोपटक पहिचान भएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १९ लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

वुहान पुगेका डब्ल्युएचओको अनुसन्धान टोलीमा अस्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रुस, नेदरल्यान्डस्, कतार र भियतनामका विज्ञहरु छन् । चीन सरकारले अन्तर्राष्ट्रिय विज्ञहरुले चिनियाँ विज्ञहरुसँग भाइरसबारेको आफ्नो ज्ञान साटासाट गर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय टोलीलाई पहिले दुई सातासम्म क्वारेन्टीनमा राखिनेछ । यस क्रममा उनीहरुको स्वाब र एन्टीबडी परीक्षण गरिनेछ । क्वारेन्टाइनमै छँदा पनि उनीहरुले चिनियाँ विज्ञहरुसँग भिडियो कन्फ्रेन्समार्फत कोरोनाबारे कुराकानी गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);