कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा हट्यो लकडाउन  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा हट्यो लकडाउन 

एजेन्सी, २६ चैत । कोरोना भाइरसको उद्गम स्थल वुहान सहर आजदेखि खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।

लकडाउन खुुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । पछिल्लो समय चीनमा कोरोनाको महामारी बिस्तारै नियन्त्रणमा आएसँगै चीनले लकडाउन हटाउन थालेको हो । लामो समयको लकडाउन हटेसँगै कर्मचारीहरुले सडकमा राखिएका अवरोध हटाएका छन् । रेलवे तथा विमान सेवा सुचारु भएका छन् ।

यस्तै, राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् । चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । साथै भाइरसबाट अहिलेसम्म चीनमा तीन हजार तीन सयभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ । तर, पछिल्लो समय चीनमा निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । चीनले जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);