वुहानमा ७ जनामा संक्रमण देखिएपछि सबैको कोरोना परीक्षण गरिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वुहानमा ७ जनामा संक्रमण देखिएपछि सबैको कोरोना परीक्षण गरिँदै

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सबैको परीक्षण गरिने भएको छ ।

करिब १ करोड १० लाख जनसंख्या रहेको उक्त शहरमा पछिल्लो समय कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्न लागिएको चिनियाँ संज्ञार माध्यमहरुले जनाएका छन् ।

वुहानमा पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको छ । वुहानमा अहिलेसम्मकै बढी संक्रामक मानिएको डेल्टा भेरियन्ट देखिएको बताइएको छ । करिब एक वर्षपछि वुहानमा स्थानीय स्तरमा संक्रमण पुष्टि भएको हो ।

वुहानले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्वमै पहिलो पटक लकडाउनको अभ्यास गरेको थियो । चीनमा पछिल्लो १० दिनमा ३ सय जनामा संक्रमण देखिएको छ । जुन केही महिनायताकै बढी हो ।

चीनमा अहिले १५ वटा प्रान्तमा कोरोना संक्रमण देखिएको छ । फेरि संक्रमण फैलिने डरले ठूलो परिमाणमा परीक्षण र कडा लकडाउन लागू गरिने बताइएको छ । मंगलबार मात्रै चीनमा ९० जनामा संक्रमण पुष्टि भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);