काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ६ सय ३८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४८ संक्रमित र ६ हजार एन्टिजेन परीक्षणबाट ९ सय ३५ मा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २४ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ९ सय २२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।




