२४ घण्टामा २५ सय ६८ जना संक्रमित, २ हजार २० संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

२४ घण्टामा २५ सय ६८ जना संक्रमित, २ हजार २० संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ४ सय २ पीसीआर परीक्षणबाट १ हजार ९ सय ८१ संक्रमित र ४ हजार २ सय ३४ एन्टिजेन परीक्षणबाट ४ सय ५७ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ८ सय ७५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);