२४ घण्टामा २१ सय ९७ संक्रमणमुक्त, ३१ सय १४ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

२४ घण्टामा २१ सय ९७ संक्रमणमुक्त, ३१ सय १४ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार १ सय १४ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ६ सय २५ पीसीआर परीक्षणबाट २ हजार ३ सय ९ संक्रमित र ४ हजार २ सय ८५ एन्टिजेन परीक्षणबाट ८ सय ५ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १६ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६ सय ९५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);