लुम्बिनीमा विश्व स्वास्थ्य संगठनको ‘वाक द टक’ अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनीमा विश्व स्वास्थ्य संगठनको ‘वाक द टक’ अभियान सुरु

लुम्बिनी । लुम्बिनी विश्व स्वास्थ्य संगठनले शारिरीक व्यायामका माध्यमबाट शरिरलाई स्वस्थ राख्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीबाट डा.राजेश समबाजीराव पाण्डवले ‘हिँड्दै कुरा गर’ वाक द टक अभियान थालेको छ ।

डेल्टा प्लस भेरियन्ट नेपालमा प्रवेश गरि सकेको अवस्थामा विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा.राजेशको नेतृत्वमा शतिबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुवात गरिएको छ । विश्व स्वास्थ्य संगठनले आफ्नो ७० औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ ।

अभियानको शुरुवातकाक्रममा डा.राजेशले विश्वभरी नै कोभिडको महामारीले जनमानसको स्वास्थ्यमा थप चुनौती पैदा भएको अवस्थामा वाक द टक कार्यक्रमको महत्व झनै बढेको बताए । उनले विश्वभर यसको सन्देश प्रवाह गर्न यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियान थालिएको जानकारी दिए ।

उनले हरेक मानिसले आफ्नो स्वास्थ्य मुख्य प्राथमिकतामा राख्नु पर्नेमा जोड दिँदै यसका लागि हरेकले हिँड्दै कुरा गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले भने, “हिँड्दै कुरा गर्ने बानी बसाल्न सकिए शरिरका अंगहरु स्वस्थ्य राख्न सकिन्छ र मानसिक तनाव पनि कम गर्न सहयोग पुग्छ ।

वाक द टक अभियानमा सहभागी भएका लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले विश्व स्वास्थ्य संगठनले यो अभियान पहिलो पटक लुम्बिनीमा आयोजना गरेर विश्वभरि सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गरे ।

उनले विश्व स्वास्थ्य संगठनले कोभिड महामारी नियन्त्रणका लागि नेपालमा निकै प्रभावकारी ढङ्गले काम गरेको जनाउँदै यो अभियानले आम मानिसमा स्वास्थ्यका लागि हिँडाइ पनि महत्वपूर्ण हुने सन्देश दिने भएकाले अभियानलाई निरन्तरता दिनआग्रह गरे ।

त्यस अवसरमा लुम्बिनी विश्व विद्यालयका उपकुलपति प्राडा हृदयरत्न बज्राचार्य, लुम्बिनीप्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा, स्वास्थ्य मन्त्रालयका निर्देशक महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका विभिन्न तहका कर्मचारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी लगायत सहभागी रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);