लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

boudha sammelan

बुटवल, १५ बैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । २५ सय ६२ औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध सम्मेलन गरिएको हो ।

लुम्बिनी नेपाल : बुद्ध जन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान भन्ने नारासहित सुरु भएको सम्मेलनमा २३ देशका ६ सयभन्दा बढी बौद्ध ज्ञाता तथा प्रतिनिधि सहभागी छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा १३ देशका संस्कृति तथा धार्मिक मामिला मन्त्री पनि सहभागी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश कुमार त्रिपाठी भिक्षुले जानकारी दिए । सम्मेलनमा बुद्ध शिक्षा र दर्शनका बारेमा स्वदेशी तथा विदेशी विद्धानका कार्यपत्रमा केन्द्रीत रहेर छलफल भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);