अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

boudha sammelan samapan (2)

विवेक विश्वकर्मा
रुपन्देही, १६ बैशाख
। १० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रको रुपमा विकास गर्न अन्र्तराष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । सम्मेलनमा सहभागीहरुले लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् ।

शनिबारदेखि रुपन्देहीको लुम्बिनीमा सुरु भएको अन्तराष्ट्रिय बौद्ध सम्मेलनले बुद्धको जन्मस्थल र बुद्धधर्मलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता सहित सकिएको छ । सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको उद्गम थलो भएको बताए । प्रधानमन्त्री ओलीले लुम्बिनीलाई विश्वशान्तिको केन्द्रको रुपमा विकास गर्न अन्र्तराष्ट्रिय समुदायलाई आग्रह गरे।

दुई दिनसम्म चलेको सम्मेलनमा २३ राष्ट्रका बौद्ध गुरुहरुको सहभागिता थियो भने ३१ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । सहभागीले विश्वमा शान्ति कायम गर्न बुद्धको शिक्षालाई विश्वभर अवलम्बन गराउने प्रतिबद्धता जनाएका छन् ।

सन् २०१६मा घोषणा गरिएको लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल, बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवद्र्धन गर्न सबै सहमत भएका छन् । सम्मेलनले १० बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ ।

लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तराष्ट्रिय समुदायले ४० बर्षअघि सुरु भएको गुरुयोजना सम्पन्न गर्न सहयोग गर्ने भएका छन् ।

सोमबार २५६२औँ बुद्धजयन्ती लुम्बिनीमै मनाइदै छ । बुद्धजयन्तीको सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);