छिमेकी देशसँगको सम्बन्ध नविकरण गर्दै भारतीय प्रम मोदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छिमेकी देशसँगको सम्बन्ध नविकरण गर्दै भारतीय प्रम मोदी

kp oli modi

काठमाडौं, १६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी देशहरुसँगको पुरानो सम्बन्ध नविकरण गर्दै सम्बान्ध सुधारमा केन्द्रित भएका छन् । प्रधानमन्त्री भएपछि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदी पुनः नेपाल भ्रमणको तयारीमा छन् । त्यस्तै मोदी चिनसँग चिसिएको सम्बन्धलाई पनि सुमधुर बनाउन केन्द्रित भएका छन् । मोदीको दुई दिने आकस्मिक अनैपचारीक भ्रमण पनि सम्झौता भन्दा पनि सम्बन्ध सुधारमा नै केन्द्रित भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पछि नेपाल आउने तयारी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अकस्मात चीन पुगे । यही मे महिनामा हुन लागेको शांघाई को–अपरेशनको शिखर बैठकमा चिन जानै लागेका मोदी त्यस अघि नै दुई दिने भ्रमणका लागि चिन पुगे ।

भारतीय प्रधानमन्त्री मोदी र चिनिया राष्ट्रपति सि जिङ पिङले हार्दिकतापूर्वक दुई दिन विताए । यो क्रममा मोदी र सी एउटै डुंगामा सयर गरे, गीत सुने, चियाको चुस्की लिए र प्रकृतिको मनोरम दृश्यावलोकन समेत गरे । दुई दिनकोबीचमा ६ पटक वार्ता भए पनि डोक्लाम लगायत आपसी विवादका विषयमा खासै चर्चा नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

मोदी र सीबीचको भेट विषेश त सम्बन्ध सुधारमा नै केन्द्रित भयो । साथै सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने, आतंकबाद विरुद्ध कडा रुपमा प्रस्तुत हुने लगायतका विषयमा भने मोदी र सीबीच समझदारी भएको छ । त्यो भन्दा ठूलो संसारको चालीस प्रतिशत जनसंख्या बसोबास रहेको चीन र भारतबीच केही समययता देखिएको तनाव र सीमा बिवाद मोदीको चीन भ्रमणपछि मत्थर भएको छ । दुबै देश सीमा क्षेत्रको तनाव कम गर्न सञ्चारलाइ थप बलियो बनाउने बिषयमा सहमत भएका छन ।

चीनको मध्य भागमा रहेको बुहान शहरमा भएको अनौपचारिक भेटमा मोदी र सीले २१ औ शताब्दीको एशिया निर्माणका निम्ति मिलेर काम गर्ने सहमती जनाएको सन्देश चिनियाँ समाचारमाध्यहरुले दिएका छन् । एशियाको स्थायित्व र बिकासका लागि चीन र भारतको अर्थतन्त्र महत्वपूर्ण हुने हुँदा दुबै देश मिलेर काम गर्ने हो भने परिणाम सकारात्मक आउनेतर्फ चिनियाँ अर्थशास्त्रीहरुले पनि सरहाना गरेका छन ।

यसैगरी युद्धग्रस्त अफगानिस्तानमा संयुक्त आर्थिक परियोजनामा चीन र भारत मिलेर काम गर्ने सहमती भएको छ । चिनियाँ राष्ट्रपति सीसँगको सौहार्दपूर्ण भेटपछि अबको केही दिनमै मोदी नेपाल आउँदै छन् । नेपाल र भारतको सीमा क्षेत्रमा पनि लामो समय देखिको विवाद कायम छ । मोदी र सीबीच सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सहमति भएकै दिन कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा पर्ने १ सय ९५ नम्बर सीमास्तम्भ नजिक नेपाली पक्षले जडान गरेको विद्युतीय तार भारतीय सीमा सुरक्षा बलले उखेलेर फालिदिएपछि तनाव सिर्जना भयो ।

सीमा क्षेत्रमा देखिएको विवाद समाधान गर्न दुबै देशको तर्फबाट पहल हुनुपर्ने आवाज उठिरहेको छ । मोदीको नेपाल भ्रमणका क्रममा सीमा क्षेत्रमा देखिएको विवाद समाधानका लागि के–कस्तो पहल हुन्छ भन्ने चासो उब्जिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);