नरेन्द्र मोदी नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नरेन्द्र मोदी नेपाल आउँदै

naderandra modi

काठमाडौं, १७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेका हुन् ।मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन् ।

काठमाडौंस्थित भारतीय दूतावासका एक अधिकारीका अनुसार,भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लाग्नुभएको हो । मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);