मोदी वैशाख २८ गते भारतबाट सिधैं जनकपुर आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मोदी वैशाख २८ गते भारतबाट सिधैं जनकपुर आउने

जनकपुरधाम, १८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतबाट सिधैं जनकपुर भ्रमणमा आउने कार्यक्रम तय गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख २८ गते जनकपुरबाट सुरु हुने बताए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे स्थलगत अनुगमन गर्न मंगलबार जनकपुर पुगेका उनले स्थानीय संचारकर्मीमाझ प्रधानमन्त्री केपी ओलीले मोदीलाई जनकपुरमा स्वागत गर्ने कार्यक्रम तय गरिएको बताए ।

सरकारले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको तयारीको कामको जिम्मेवारी प्रदेश २ को सरकारलाई दिएको छ । जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिने पनि गृहमन्त्री थापाले बताए । उनले भारतीय प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजाआजा गर्न जनकपुर आउन लागेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, त्यसपछि मुक्तिनाथ हुँदै काठमाडौं भ्रमण गर्नेछन् । भ्रमणको पहिलो दिन वैशाख २८ गते उनी भारतको पटनाबाट सिंधै जनकपुर आउने कार्यक्रम तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);