भारतीय प्रम मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतीय प्रम मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक

modi

काठमाडौं, २२ बैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । भ्रमणको तयारी अन्तिम चरणमा पुगेपछि परराष्ट्र मन्त्रालयले मोदीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

वैशाख २८ गते जनकपुर हुँदै काठमाडौं आउने मोदीलाई सोही दिन काठमाडौंको टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोदीले नेपाल आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मोदीले सोही दिन प्रधानमन्त्री ओलीसँग औपचारिक वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

ओली र मोदीले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्तरुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । अरुण तेस्रो निर्माणको जिम्मा भारतको सरकारी कम्पनी सतलज जलविद्युत निगमले पाएको छ । यद्यपि, साढे तीन वर्ष वितिसक्दा पनि सतलजले लगानीको जोहो गर्न भने सकेको छैन । भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरका अलावा काठमडौंमा पनि अभिनन्दन गरिने भएको छ ।

परराष्ट्र मन्त्रालयले तेस्रो पटक नेपाल आउन लागेका मोदीलाई काठमाडौंमा काठमाडौं महानगरपालिका र जनकपुरमा जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);