प्रधानमन्त्रीको राजकीय भारत भ्रमण चैत २३-२५ सम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीको राजकीय भारत भ्रमण चैत २३-२५ सम्म

oli modi

काठमाडौं, १६ चैत । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली यही चैत २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीको तीन दिने भ्रम तालिका सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्यसहित विभिन्न मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च पदस्थ अधिकारी पनि भारत जाने छन् ।

यद्यपि, भ्रमण टोली कति सदस्यीय हुन्छ भन्नेबारे भने मन्त्रालयले केही खुलाएको छैन । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति श्री एमभी नायडु तथा भारत सरकारका वरिष्ठ मन्त्रीहरुसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँगको भेटमा दुइपक्षीय हितका विषयमा कुराकानी गर्ने परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा पन्तनगर र उत्तरा खण्डको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);